साम्प्रदायिकताको नाराले कुनै समस्या समाधान हुँदैन : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेसनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताउनुभयो । विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउनका लागि रिटर्नी फेडेरेसनको नेतृत्वलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘तापक्रमको हिसाबले, बसाइको हिसाबले नेपाल स्वर्ग हो । कामको हिसाबमा हामी विदेशमा जानुपरेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौँ,’ उहाँले भन्नुभयोे, ‘स्वदेश फर्किंदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौँ । तर, कहिले कहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन् । अझ बाँझा । बारी उस्तै छन् । अझ बाँझा । अझ रूखा भएका हुन्छन् । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति । यस्तो स्थितिमा मान्छे एक्लो महसुस गर्छ ।’

ADVERTISEMENT

यस्तो अवस्थामा तपाईंहरूले रिटर्नी फेडेरेसन भनेर देशभरका दुई वर्षभन्दा बढी बाहिर रहेर घर फर्किएकाहरूको संगठन बनाएकोमा ओलीले खुसी व्यक्त गर्नुभयो । ‘देशव्यापी संगठन, जसले गर्दा यस संगठनले अर्को एउटा काम गरे हुन्छ । रिटर्नीका व्यथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन् । समाधान मिलेर गर्नुपर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रदायिक नारा लगाएर समस्याको समाधान हुँदैन,’ ओलीले भन्नुभयो, ‘रिटर्नी फेडेरेसनले बुझेको छ । कि हामी पूर्वको होस् कि पश्चिमको । उत्तरको होस् कि दक्षिणको ।

निर्माण कार्यमा होस् कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भए पनि संगठित ढंगले सामूहिक रूपले हाम्रा क्षमताहरू, स्रोतहरू, साधनहरूको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनुपर्दछ ।’ अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता रहेको पनि औँल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *