साना किसान लघुवित्तको २६ प्रतिशत बोनस

Read Time = 3 mins

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको अध्यक्षता वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले गर्नुभएको थियो भने कम्पनी सचिव झलेन्द्र भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को आम्दानीबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३६८ प्रतिशत उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ । संस्थाका अध्यक्ष पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वित्तीय संस्थाको जारी र चुक्ता पुँजी एक अर्ब ९७ करोड ११ लाख ६१ हजार २९६.७८ पुर्‍याउने प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७७/०७८ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २६ अर्ब १२ करोड ६६ लाख रहेकोमा ०७८/०७९ को अन्त्यमा १७.८० प्रतिशतले वृद्धि भई ३० अर्ब ७७ करोड ९० लाख पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रतिसेयर आम्दानी ४४.५८, प्रतिसेयर बुक नेटवर्थ २६५.७६, निष्क्रिय कर्जा ०.६७ प्रतिशत, आम्दानी अनुपात २३.८९ र कुल पुँजी कोष १२.६६ रहेको छ । २०७९ असारमा वित्तीय संस्थाको लगानीमा बाँकी ऋण ३० अर्ब दुई करोड १९ लाख पुगेको छ ।

ADVERTISEMENT

संस्थाले लघुकर्जा सेवाका अतिरिक्त पशुपालन तथा तरकारी खेती कर्जा, बागमती प्रदेशअन्तर्गत सहुलियतपूर्ण कर्जा, स्वावलम्बन कर्जा, साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जाका साथै साना किसान सहकारी अनुशरणमार्फत् महिला सशक्तीकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसियाली विकास बैंकको ऋण सहयोग तथा सरकारसँगको सहकार्यमा आव २०७७÷०७८ देखि ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन हुँदै आएको छ । परियोजनाअन्तर्गत पाँच वर्षभित्र सामूहिक ५० र व्यक्तिगत पाँच सय कृषि उद्यम सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज