काठमाडौं । इटहरीको सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको उपप्रादेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ का अवसरमा वित्तीय साक्षरता र्याली आयोजना गरेको छ । वित्तीय साक्षरतासम्बन्धी र्यालीको परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाइ गरेको थियो । जसमा सो क्षेत्रमा सेवा तथा कार्यक्रम प्रवाह गर्दै आएका १६ लघुवित्तमा आबद्ध सदस्य तथा कर्मचारीको सहभागिता थियो । कार्यक्रम परासीको हाटबजारबाट सुरु भई बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीबाट समुदायस्तरमा रहेका सदस्यलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्च विश्लेषण गर्न, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापनलगायतका कुरामा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास रहेको एनआइसी एसिया लघुवित्तका कर्पोरेट कार्यालयका चिफ बिजनेस एण्ड क्वालिटी एस्युरेन्स इकोसिष्टमका अर्जुन श्रेष्ठले बताउनुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts