चिपटार –डिकुवा पुलको टावर ठडिएको केहि दिनमै ढल्यो

Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० चिपटार र खोटाङको हलृसी तुवाचुङ नगरपालिका २ डिकुवा बाइटार जोड्ने निर्माणाधिन झोलुङ्गे पुलको टावर ढलेको छ । १३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे बिनाकारण ढलेको हो ।

निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ । झोलुङ्गे पुलको उदयपुरतर्फको टावर ठड्याइ सकिएको केही दिनमै फेदैमा भाँचिएर ढलेको सुनकोसी प्रावि, बाईटारका प्रअ बिशाल राईले बताउनुभयो ।

खोटाङ तर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो । खोटाङतर्फको टावर आसपासमा रहेको सुनकोसी प्रावि र केही पसलमा समेत त्रास बढेको छ ।

ADVERTISEMENT

प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाट मार्फत उपलब्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?