नवनियुक्त आईजीपी कुँवरले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व आजबाट नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्हाल्ने हुनुभएको छ ।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी कुँवरलाई बढुवा गर्दै महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो ।

ADVERTISEMENT

नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने हुनुभएको हो। कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नुहुनेछ ।

यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज