काठमाडौं र भरतपुरमा पिइटी कलेक्सन बिन

Read Time = 4 mins

काठमाडौं । विश्व रिसाइक्लिङ दिवसको अवसर पारेर कोका-कोला नेपाल र डोको रिसाइकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पिइटी कलेक्सन बिन राखिएका छन् । रिसाइकल प्रक्रियामार्फत् पिइटी बोतल पुनः प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारणमा पुर्‍याउने उद्देश्यसाथ परियोजनाको सुरुवात गरिएको हो । अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको संयुक्त परियोजना पिइटी बोतल संकलन अभियानको दोस्रो चरण हो । धेरै मानिसको जमघट हुने र पेट बोतल बढी फालिने काठमाडौंका नौ र भरतपुरका छ स्थानमा बिन राखिने कोका-कोलाले जनाएको छ ।

डोको रिसाइकलर्सका सह-संस्थापक राघवेन्द्र महतोले भन्नुभयो, ‘रिफ्रेस एण्ड रिसाइकल २०२३’ एउटा परियोजनामात्र नभई एउटा परिवर्तन हो । एउटा यस्तो परिवर्तन जसमा हामी प्रत्येक नेपालीलाई यो सिकाउन सकौँ कि पिइटी बोतल यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ, जसले गर्दा वातावरणमा पर्ने नकारात्मक असर थोरै भए पनि कम गर्न सकिन्छ । यसै सन्दर्भमा कोका-कोलाको वल्र्ड विदाउट बेष्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा हामीलाई खुसी लागेको छ । यसरी संकलित सबै बोतल हाम्रो भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि जानकारी गराउन चाहन्छु ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भन्नुभयो, ‘कोका-कोलाले वल्र्ड विदाउट बेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ र पुनः प्रयोगसम्बन्धी परियोजना सञ्चालन गरिरहेको छ । हामीले सन् २०३० सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङ संकलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता गरेका छौँ । यसै दिगोपनप्रतिको प्रतिबद्धताको एक भागका रूपमा हामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानमा पिइटी रिसाइक्लिङ बिनहरू राखेका छौँ ।'

ADVERTISEMENT

भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर मुना राईले भन्नुभयो, ‘जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफू वरिपरिको वातावरण सफा राख्नु पनि हाम्रो दायित्व हो । कोका-कोला बेभरेजसँग हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौँ र भाटभटेनी पाटनमा पनि यस सहकार्यका लागि पहल गरेकोमा डोको रिसाइकलर्सप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ ।’

बिनमा संकलित बोतल हरेक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङका लागि पिइटी रिकभरी प्लान्टमा पठाउँछ । पिइटी सामान रिसाइकल गरेर नयाँ बोतल, कन्टेनरलगायत कपडा र कार्पेटका लागि फाइबरका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनबाट डोको रिसाइक्लरले हालसम्म करिब २१ सय ९५ केजी पिइटी बोतल संकलन र रिकभर गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?