राहुल गान्धीको संसद सदस्यता गुम्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

भारतको जनप्रतिनिधित्व ऐन अनुसार सांसद तथा विधायकलाई कुनै पनि हालतमा २ वर्ष वा सोभन्दा बढी सजाय भएमा उनीहरुको (संसद र व्यवस्थापिका) सदस्यता खारेज हुने व्यवस्था छ ।

ADVERTISEMENT

यसअघि बिहीबार सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो भने १५ हजार भारु जरिवाना तोकेको थियो ।

तर गान्धीको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो । अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?