क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साधन व्यवस्थापन गर्ने बताउनुभयो ।

“नेपाललाई क्षयरोगमुक्त अभियानका लाग आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८/७९ बाट कार्यान्वयन आइसकेको छ”, उहाँको शुभकामना सन्देशमा भनिएको छ, “यस अभियानलाई आगामी वर्ष सय स्थानीय तह र चार वर्षभित्रमा सात सय ५३ वटै स्थानीय तहमा विस्तार गरिनेछ ।”

उहाँले क्षयरोग अन्त्यका लागि गरिएको प्रतिबद्धता पनि पूरा गर्ने सरकार कटिबद्ध रहेको बताउनुभएको छ । “क्षयरोग निवारण कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरी क्षयरोगमुक्त नेपालको निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गरी क्षयरोगविरुद्धको अभियानलाई द्रुतगतिमा अघि बढाइनेछ”, उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

उहाँले क्षयरोगमुक्त नेपाल बनाउने अभियानमा साथ दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, दातृ निकाय र अन्य सरोकारवालाको सहयोग गर्न अपिल गर्नुभएको छ ।

ADVERTISEMENT

आज नेपाल नेपालसहित विश्वभरि विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको छ । नेपालमा हरेक वर्ष नयाँ तथा पुरानो गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी हुने गर्दछन् ।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्यासमेत रहेकाले यसको समाधानका लागि विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेको बहुक्षेत्रीय सहकार्यको अवधारणाको मर्मअनुसार नीति तथा रणनीतिको निर्माण र कार्यान्वयन गरिने बताउनुभयो ।

उहाँले क्षयरोगको पहिचान, निदान र उपचारका क्षेत्रमा देखिने गरेका सबै प्रकारका चुनौती र समस्याको सामाना गर्न मन्त्रालयले क्षयरोग निवारणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना र रणनीतिको निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

यस्तै मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले क्षयरोगका धेरै बिरामी उपचारको दायरामा ल्याउन नसकेको भन्दै स्थानीय तहकै स्वामित्व र नेतृत्वमा एकद्वार प्रणालीमार्फत क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले क्षयरोग कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उद्देश्यले गुणस्तरीय क्षयरोग सेवामा वृद्धि गर्न तथा बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तीकरण गर्न राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिएको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?