युवा उद्यमी कोइरालालाई १० लाख पुरस्कार

Read Time = 2 mins

काठमाडौं । युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल-कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गर्नुभएको छ । दिदी फाउण्डेसनका सञ्चालक कोइरालालाई सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत सो पुरस्कार प्रदान गरिएको हो ।

३३ वर्षीय कोइराला कम उमेरमै रोटरी क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार प्राप्त गर्न सफल हुुनुभएको छ । रोटरियन गोपाल-कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई सो पुरस्कार दिइँदै आइएको छ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५औँ राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल-कमलाका नाति आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा पुरस्कार प्रदान गर्नुभएको हो ।

ADVERTISEMENT

उक्त पुरस्कार धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् स्व. सत्यमोहन जोशी, प्रिजनर्स नेपालका अध्यक्ष इन्दिरा राना मगर, एफएवान सफ्ट इन्टरनेसनल प्रालिका अध्यक्ष विश्वास ढकाललगायतले पाइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज