कांग्रेस तेह्रथुमका पूर्वसभापति विमलीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले तेह्रथुमका पार्टी पूर्वसभापति गणेशप्रसाद विमलीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस तेह्रथुमका पूर्व सभापति एवं संविधानसभा सदस्य विमलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

विगत केही समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित विमलीको चैत ७ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय विमलीले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।

विसं २०२६ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका स्वर्गीय विमलीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमको सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतका विभिन्न साङ्गठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गर्नुभएको काग्रेसले जनाएको छ ।

ADVERTISEMENT

विसं २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ तेह्रथुम जिल्लामा पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । स्वर्गीय विमलीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताएको छ ।

विमलीको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “कांग्रेस तेह्रथुमका पूर्वसभापति एवं संविधानसभा सदस्य विमलीको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्वर्गीय विमलीले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ”, सभापति देउवाले भन्नुभएको छ ।

उहाँले स्वर्गीय विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *