काठमाडौं । एनआइसी एसिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासित मेन्छियाम हाइड्रोपावरको सेयर बाँडफाँट भएको छ । विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको साधारण सेयर २०७९ फागुन १० गतेदेखि २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
जम्मा १८ हजार एक सय सात आवेदकबाट चार लाख ९९ हजार सात सय ५० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा सोमध्ये सम्बन्धित सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट एक हजार दुई सय ९६ आवेदकबाट प्राप्त ६१ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन रद्द गरेपछि बाँकी रहेका १६ हजार आठ सय ११ जना आवेदकको चार लाख ३८ हजार ८० कित्ता सेयरका लागि अन्तिम आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
अन्तिम आवेदन रुजु गर्दा दुई आवेदकले दुई/दुईवटा हितग्राही खाताबाट जम्मा एक सय ७० कित्ता सेयरका लागि दोहोरो आवेदन गरेकाले रद्द गरिएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता