सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजार जनाको मृत्यु भएको खुलासा

Read Time = 1 min

मोगादिश । सोमालियामा गत वर्ष खडेरीका कारण ४३ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । सोमालिया सरकार र संयुक्त राष्ट्र संघीय एजेन्सी युनिसेफद्वारा जारी गरिएको प्रतिवेदनमा खडेरीका कारण मृत्यु भएका ४३ हजारमध्ये आधा पाँच वर्ष मुनिका बालबालिका रहेका छन् ।

सोमालियको राजधानी मोगादिशुमा प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफका प्रतिनिधि वाफा सहिदले सन् २०१७ र सन् २०१८ सोमालियाको खडेरीभन्दा डरलाग्दो परिस्थिति गतवर्ष भएको उल्लेख गर्नुका साथै आगामी वर्षमा स्थिति झन् खराब हुने बताउनुभयो ।

ADVERTISEMENT

लण्डन स्कलु अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनको नेतृत्वमा गरिएको अध्ययनले सन् २०२३ को पहिलो ६ महिनमा मृत्यदर बढ्न सक्ने चेतावनी दिएको छ । सो अवधिमा १८ हजारदेखि ३४ हजार सम्मको मृत्यु हुने अनुमान गरिएको छ । सोमालियामा खाद्य संकटले सुत्केरी महिला बालबालिका मारमा पर्ने गरेको भन्दै भोक र कुपोषण मौलाएको बताइएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?