पिशाच चतुर्दशी तथा घोडेजात्रा

Read Time = 8 mins

✍️ तोयराज नेपाल

चैत्रकृष्ण चतुर्दशीलाई पिशाच चतुर्दशी भनिन्छ । चतुर्दशी तिथिका स्वामी शिवजी हुन् । शिवजीको एउटा नाम भूतेश पनि हो । जसको अर्थ हो भूत, प्रेत र पिशाचका स्वामी । यस दिन पिशाचका स्वामीका स्वरूपमा महादेवको पूजा गरिन्छ । यस दिन काठमाडौं उपत्यकाका नेवार समुदायले तामसी सामग्री मद्य, मांस, लसुन रायोको साग, मूला, भटमास आदि प्रयोग गरी ‘लुकु महाद्य’ लुकुवा महादेवको पूजा गर्ने परम्परा रही आएको छ ।

पिशाच चतुर्दशी तथा घोडेजात्रा बारे एउटा किवदन्ती यस्तो छ ( शिवकी शक्ति पार्वती बेला-बेलामा कालिका, भगवती आदि विभिन्न रूप धारण गरी मद्यमांसादिको सेवन गर्नुहुन्थ्यो । तर महादेव त्यस्ता पदार्थको सेवन गर्नु हुन्नथ्यो । एक पटक पार्वतीले यो कुरा स्वयम् महादेवलाई भन्नुभयो । पार्वतीका ती कुरा सुनेर महादेवले भन्नुभयो ! हेर पार्वती मैले पनि कहिले काहीँ आमीष पदार्थको सेन गर्ने गरेको छु । अनि पार्वतीले हजुरले पनि आमीष पदार्थ सेवन गरेको मलाई हेर्न मन छ भन्नुभयो ।

त्यसपछि चैत्रकृष्ण चतुर्दशीका दिन पिशाचको रूप धारण गरी रायो, लसुन र मूला आदि उम्रिएका खेतमा गई खाल्टोमा बसी लुकेर मद्यमांस, लसुन, मूला आदि सेवन गरी पार्वतीको चाहना पूरा गर्नुभएको थियो । यसै जनश्रुतिका आधारमा खाल्टोमा लुकेका ‘लुकु महाद्य’ लुकेका महादेवलाई आमीष पदार्थ नैवेद्य चढाई पूजा गर्ने पम्परा चलेको हो भन्ने किम्बदन्ती छ । यस दिन यसरी महादेवको पूजा गर्दा भूत, प्रेत, पिशाच आदिको भय हुँदैन भन्ने जनविश्वास रही आएको छ नेपालमा प्रचलित चाडपर्वमध्ये एक घोडेजात्र नेवारीभाषामा पाशाचहृने पूजा पनि प्रसिद्ध जात्रा हो । यो जात्रा चैत्रकृष्ण औंसीका दिन मनाइन्छ । जुन दिन रात्रिमा औंसी पर्छ, त्यसै दिन मनाइन्छ ।

चैत्रकृष्ण चतुर्दशीका दिन पिशाचको रूप धारण गरी रायो, लसुन र मूला आदि उम्रिएका खेतमा गई खाल्टोमा बसी लुकेर मद्यमांस, लसुन, मूला आदि सेवन गरी पार्वतीको चाहना पूरा गर्नुभएको थियो । यसै जनश्रुतिका आधारमा खाल्टोमा लुकेका ‘लुकु महाद्य’ लुकेका महादेवलाई आमीष पदार्थ नैवेद्य चढाई पूजा गर्ने पम्परा चलेको हो भन्ने किम्बदन्ती छ ।

ADVERTISEMENT

राजा गुणकामदेवले काठमाडौं शहरको स्थापना गरी शहरको सुरक्षार्थ ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वारही, इन्द्राणी, चामुण्डा र शिवदूती यी अष्टमातृकाको स्थापना गरी तिनको पूजा गर्ने परम्परा चलाएको भन्ने प्रसिद्धि छ । यी अष्ट मातृका मध्ये भद्रकाली माहेश्वरी शक्ति हुन् । भद्रकालीको पीठ वा मन्दिर सैनिक मुख्यालय (जंगीअड्डाका) नजिकै भएकाले नेपालमा यिनको प्रसिद्धि अत्यधिक छ । भद्रकालीको शिलामय अचलमूर्तिका अतिरिक्त धातुनिर्मित चल मूर्ति पनि बनाई काठमाडौंको बटुस्थित एउटा घरमा राखिने गरेको छ । त्यो घर भद्रकालीको मूर्ति राखिने भएकाले भद्रकालीको घर भनी प्रसिद्ध छ ।

विशेष चाडपर्वमा त्यो मूर्तिलाई त्यस घरबाट झिकेर खटमा राखी बाजागाजासहित खटयात्रा गर्दै भद्रकालीका मन्दिरमा लगी राखेर बडो धुमधामसँग पूजाआजा गरी भोलिपल्ट चैत्रशुक्ल प्रतिपदाका दिन फेरि त्यहाँबाट उठाई खटमा राखेर बाजागाजासहित खटयात्रा गर्दै अन्नपूर्णा मन्दिर अगाडिको चोकमा लगी भद्रकाली र कंकेश्वरीको खटयात्राका साथ खट जुधाउने परम्परा पनि छ । त्यसपछि खटयात्राका साथ भद्रकालीका घरमा लगी राखिन्छ । भद्रकालीका मन्दिर नजिक नेवार समुदायको कूलदेवताको पूजा गर्ने परम्परा पनि छ ।

पाशाचहृने वा घोडेजात्राका दिन काठमाडौं उपत्यकाका खासगरी नेवारसमुदायका मानिसहरू बिहान सबेरै उठी भद्रकाली, रक्तकाली, श्वेतकाली, अन्नपूर्णा, मैतीदेवी, इन्द्रायणी, कंकेश्वरी, टंकेश्वरी, गणेश र भैरव आदि देवी देवताहरूको दर्शन, स्पर्शन, पूजाआराधना गर्दछन् । केही व्यक्तिहरू खटयात्रामा पनि भाग लिन्छन् । जात्राका सन्दर्भमा विवाहित छोरीचेली दिदीबहिनीहरू बोलाएर भोजभतेर गर्ने, उनीहरूलाई सौभाग्य शृंगारका सामग्रीहरू प्रदान गरी सम्मान गर्ने र अन्य इष्टमित्रसहितको सामूहिक भोज भतेर गर्ने परम्परा छ ।

चैत्रकृष्ण अमावस्याका दिन सदर टुँडिखेलमा सबैले हेर्न सकिनेगरी घोडेजात्रको आयोजना हुन्छ । यसमा बाजागाजा, बन्दुक, पटाका तोप आदिसमेत पट्काएर धूमधासँग उत्सव मनाइन्छ । यसमा भागलिने अधिकांश घोडचढीहरू सैनिक जवान हुन्छन् । सैनिक विभागअन्तर्गत घोडाको हेरचाह गर्ने छुट्टै विभाग पनि छ । जात्रा उत्सवका लागि घोडाहरूलाई सजाउने पनि गरिन्छ । यो उत्सवमा राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक अंगका पदाधिकारीहरू, कूटनीतिक नियोगका पदाधिकारीहरू, सैनिक पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी सेवाका उच्चपदस्थ पदाधिकारीलगायत सर्वसाधारण जनताको समेत विशाल उपस्थिति हुन्छ । यस उत्सवमा घोडचढीहरूको प्रतियोगिता गरी योग्यलाई पुरस्कृत गर्ने पनि परम्परा छ । ॐ हरये नमः।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने आलेखका लागि लेखकलाई धन्यवाद

रिलेटेड न्युज

छुटाउनुभयो कि ?