‘बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड’

Read Time = 3 mins

काठमाडौं । बीमा अभिकर्ता समग्र बीमा व्यवसायको मेरुदण्ड भएको भन्दै सरोकारवालाले बीमा बजारको दिगो वृद्धिको पहिलो शर्त व्यावसायिक अभिकर्ता भएको बताएका छन् । राष्ट्रिय बीमा संस्थानले राजधानीमा आयोजना गरेको जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले विश्वमै जीवन बीमा व्यवसाय अभिकर्ताबिना सम्भव नै नहुने भन्दै अभिकर्ता व्यापारिक केन्द्र वा डिलर भएकाले बीमालेख वितरणको भरपर्दो टेस्टेड माध्यम भएको बताएका हुन् । जीवन बीमा र व्यावसायिक सफलता विषयमा प्रस्तुति गर्दै प्राइम लाइफका पूर्वप्रमुख कार्यकारी अधिकृत(पूर्व सिइओ) मनोजकुमार भट्टराईले बीमा कम्पनीतर्फबाट अभिकर्ता नै ग्राहकसँग पहिलो साक्षात्कार गर्ने अन्डरराइटर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहक आफैं कम्पनीमा नगन्यमात्रामा आउँछन् तर अभिकर्ताले उनीहरूको विश्वासमा ग्राहक तान्छन् । अभिकर्ताकै विश्वासमा ग्राहक आकर्षित हुन्छन् र बीमाको व्यापार बढ्छ । यसकारण अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् ।’

संस्थानका प्रशासक कविप्रसाद पाठकले अभिकर्ता पेशालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसायसमेत प्रवद्र्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । कम्पनीका शाखा तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपा अधिकारीले बीमा क्षेत्रको विद्यमान अवस्था र संस्थानको विद्यमान अवस्थाबारेमा प्रस्तुति गर्नुभएको थियो ।

ADVERTISEMENT

संस्थानका वरिष्ठ अभिकर्ता हरिशरण शिवाकोटीले बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता भन्दै सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी, बीमित तथा अभिकर्ता सबैले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठ, नायब महाप्रबन्धक महेश रिमाल, एजेन्सी विभाग प्रमुख चुडाराज अधिकारी, अभिकर्ता संघका प्रतिनिधि तथा संस्थानका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीसमेत करिब ८० जनाको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज