काठमाडौं । विगत लामो समयदेखि सामान्य उतारचढावमा रहेको सुनको मूल्य आइतबार भने हृवात्तै बढेको छ । प्रतितोला झण्डै तीन हजार अर्थात् दुई हजार नौ सय रुपैयाँले बढेर एक लाख १० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन पनि प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार तीन सय ४५ रुपैयाँ पुगेको छ ।
यसअघि माघ १९ गते प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ कारोबार भएर सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts