काठमाडौं । आइसिसी लिग टूअन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइसमेथडबाट ९ रनले पराजित गरेर जिम्बाबेमा हुने विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ ।
मैदानभित्र र बाहिर गरेर ३०औँ हजार दर्शक उपस्थित रहेको रोमाञ्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्यधिकरूपमा खपत भएको सिजी फुड्सले जनाएको छ । खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतललगायत अन्य फोहोर वाईवाईले आज सफा गरेको छ । बनौँ आदर्श नागरिक भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सिजी फुड्सले खेलमैदान र वरपर सरसफाइ गरेको हो ।







Breaking news with related posts