मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको हो ।
यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ । यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो ।
रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरेकी छन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts