ठूला आयोजनाका लगानीकर्तासँग प्रधानमन्त्री

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डमार्फत् सञ्चालनमा रहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गर्नुभएको छ । उहाँले सार्वजनिक-निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी लिनुभएको हो । बोर्डको कार्यालयमा शुक्रबार भएको छलफलमा विकासकर्ता कम्पनीले परियोजनामा देखिएका समस्याबारे अवगत गराएको र प्रधानमन्त्री दाहालले ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको बोर्डको कार्यालयले जनाएको छ ।

बोर्ड कार्यालयका सहप्रवक्ता रमेश अधिकारीका अनुसार लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानुनी सुधार गर्नुपर्ने, अन्तरनिकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे विकासकर्ता कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल गर्ने र विषयगत मन्त्रालयलाई निर्देशन दिने बताउनुभएको छ ।

ADVERTISEMENT

छलफलमा अरुण-३ तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिङ नारायणी परियोजना, नेपाल-चीनमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ता कम्पनीले परियोजनाको प्रगति, कार्यान्वयन तथा चुनौतीबारेमा जानकारी गराएका थिए । माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पश्चिम सेती र एसआर-६ परियोजना, माथिल्लो त्रिशूली-१, अपर मस्र्याङ्दी-२, डाबर नेपाल र राइजन नेपाल सोलार इनर्जी प्रोजेक्ट लिमिटेडका विकासकर्ता कम्पनीले आफ्ना परियोजनाको अवस्थाबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज