काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय क्षेत्रका कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै आक्रमण नरोकिए बैंकिङ सेवा बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
विभिन्न समयमा मुलुकमा आइपरेको महाभूकम्प, कोरोना महामारीलगायतको विषम परिस्थितिमा समेत आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीमाथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दीप्रति घोर आपत्ति रहेको भन्दै चार संगठनले घटनामा संलग्न दोषीलाई यथाशीघ्र कारबाहीको माग गरेका छन् ।
अराजक र उत्तेजित अभिव्यक्ति दिई यसप्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन माग गरिएको छ । बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित रहेको भन्दै यसप्रकारका क्रियाकलापले आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धरासायी हुन सक्ने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा