कलैयाका तरकारी किसान आन्दोलित, सडकमै तेर्साए तरकारी बोकेका सवारी

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । कलैया उपमहानगरपालिकाका तरकारी किसानहरु आन्दोलित भएका छन् ।

तरकारी किसानहरुले बाराको सदरमुकाम कलैया स्थित भरतचौकमा शुक्रवार तरकारी सहितको साइकल मोटरसाइकल रोडमा तेर्साएर कलैया बीरगंज सडक खण्ड अवरुद्ध गरी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले आफूहरुले निर्माण गरेको शेड व्यापारीहरुले कब्जा गरेको कारण तरकारी बेच्न गाह्रो हुने गरेको र शेडको तल तरकारी राखेर बेच्दा नगर प्रहरीहरुले दुःख दिने गरेको कारण आन्दोलित हुनु परेको बताएका छन् ।

लामो समयदेखि तरकारी किसानहरुले कलैया उपमहानगरपालिका १ कलैया बजारमा आफनो लगानीबाट निर्माण गरेको शेडमा व्यापारीहरुले कब्जा गरेको गुनासो गर्दै आएपनि कलैया उपमहानगरपालिकाले समस्या समाधान गर्नु भन्दा झन बल्झाउने काम गरेकोले आफूहरु आन्दोलित हुनु परेको कलैया उपमहानगरपालिका ८ खपरताताका किसान विनोद कुशवाहाले बताउनुभयो ।

कृषिमा लागेका किसानहरुले समयमै विऊ विजन, मलखाद नपाएर जेनतेन निकै मिहिनेत गरि उब्जाएको समान समेत विक्री वितरण गर्न ठाउँ नपाउँदा झन समस्या हुने गरेको कुशवाहाले बताउनु भयो ।

उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, त्यसमाथि किसानले पाएको शेडमा व्यापारीहरुको कब्जा बढेपछि व्यापारीहरुको मनोमानीले कृषकहरु आहत भएका छन् ।

किसानले निकै मिहिनेत गरेर फलाएको तरकारी बेचेर केही कमाउने सोचका साथ कलैया उपमहानगपरपालिका १ स्थित कलैया बजारमा किसानहरुको लागि बनाइएको शेडमा बेच्न ल्याउँदा व्यापारीहरुले शेड नै कब्जा गरी आफूहरुलाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका ११ का तरकारी किसान रामबहादुर गुनासो गर्नुभयो ।

ADVERTISEMENT

‘हामी किसानहरुले किसानहरुको घर घरमा पुगी चन्दा संकलन गरी शेड निर्माण गर्यौ, कुशवाहाले भन्नुभयो,‘शेड निर्माणको लागि हरेक किसानले २ हजार देखि १० हजारसम्म चन्दा दिएका छौँ । त्यही चन्दाबाट किसानहरुको लागि शेड निर्माण भयो । तर शेडमा व्यापारीहरुको रजाइँ बढेको छ ।’

व्यापारीहरुले आफ्नो समानको रक्षाको लागि बनाएको बासको टाटी, साइकल, तरकारीको बोराहरु राखी किसानहरुको लागि बनाइएको शेडमा राखेर कब्जा गरेका छन् । किसानहरुको लागि बनेको शेडमा तीनै तर्फबाट व्यापारीहरुले कब्जा गरेका छन् । एकातिर मात्र हामीले आफनो समान राखी विक्री वितरण गर्न पाएका छौ । दिनहुँ जसो शेडको लागि झै झगडा हुने गरेको उहाँले बताउनुभयो ।’
पटक पटक शेडलाई लिएर हुने गरेको झै झगडाको बारेमा कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

व्यापारीहरुसँगको दिन दिनैको झै झगडाले आहत भएर हामी आन्दोलनमा उत्रिन बाध्य भएको कलैया उपमहानगरपालिका १२ का किसान मोहन साह कानुले बताउनुभयो ।

५० भन्दा बढीको संख्यामा रहेका तरकारी किसानहरुले आधी घण्टासम्म कलैया बीरगंज सडक खण्ड अवरुद्ध गरी आन्दोलन गरेका थिए । हाम्रो माँग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने कानुले बताउनुभयो ।

दिनहुँजसो हुने झै झगडा र अतिक्रमणबाट छुटकारा दिलाई शान्त वातावरणमा आ–आफनो ठाउँमा बसी व्यापार व्यवसाय संचालन गर्न गराउन वातावरण बनाई दिनु हुन शम्भु प्रसाद साह कानु, दिनानाथ महतो, जोखु साह लगायतका किसानहरुले सम्बन्धित निकायसँग माँग गर्नु भएको छ ।

किसानहरुको माँग चैत्र ६ गते भित्र पुरा हुने कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साहले जानकारी दिनुभयो । बजार व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको छ दुई तीन दिन भित्रै किसानहरुको समस्या समाधान हुने नगरप्रमुख साहले बताउनुभयो ।

आन्दोलनमा सिकेन्द्र कुशवाहा, रामदेव मण्डल, सुदेश कुशवाहा, केदार महतो, शिवशंकर साह, दिनानाथ महरा, झगरु महतो, मोहन साह कानु, प्रमोद यादव, रामनिवास कुशवाहा, श्रीनिवास कुशवाहा, रामजस महतो, मंजुर मिया, कृष्ण प्रसाद मखन साह लगायत ५० भन्दा बढी तरकारी किसानहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?