काठमाडौं । निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीका लागि एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच सोसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पका सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै निशानका गाडीमा खरिद गर्दा छिटो, छरितो र सहजतासाथ प्रतिस्पर्धी ब्याजदरमा बैंकले सवारीसाधन कर्जा उपलब्ध गराउनेछ । सम्झौताअनुसार २० प्रतिशत डाउन पेमेन्टमा अब निशान इभी गाडी पाइनेछ ।






