आइएमई पे र युनिमनीबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेन्ड मनी अनलाइन एण्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरका रूपमा सहकार्यका लागि सम्झौता भएको छ ।

ADVERTISEMENT

विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राही युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत् आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० विजेताले आइफोन १४ प्रो, पाँच विजेताले सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा साथै ३० सेवाग्राहीले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी जम्मा सय ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ । क्याम्पेन जेठ १ गतेसम्म ६२ दिन रहनेछ । क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँसम्म बोनस सुविधा यथावत् नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज