क्रिकेट खेलाडीलाई एनएमबीको नगद प्रोत्साहन

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जनालाई सम्मान र हौसलास्वरूप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो, ‘खेलाडीहरू राष्ट्रका गौरव हुन् ।

खेलाडीको मनोबल उच्च कायम राखिराख्न सकेमात्र खेलाडी र खेलकुदको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ ।’ २०१९ देखि सुरु भएको विश्व क्रिकेट लिग-२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल भोलि हुने फाइनल म्याचमा युएआईसँग भिड्दैछ ।

ADVERTISEMENT

नगद पुरस्कारले पनि खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली खातामार्फत् हस्तान्तरण गरिने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *