गुल्मी र प्यूठानका दुई पालिकाबीच सम्झौता

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 6 mins

गुल्मी । गुल्मी र प्यूठानका दुई पालिकाले अन्तरपालिका समन्वयमा योजना तथा लगानीमा काम गर्ने भएका छन् ।

गुल्मीको मदाने गाउँपालिका र प्यूठानको गौमुखी गाउँपालिकाबीच सहलगानीमा काम गर्ने गरी सम्झौता भएको हो । यी दुई गुल्मी र प्यूठानको सीमानासँग जोडिएका पालिका हुन् ।

आपसी हित र साझा समस्याका विषयमा समाधान गर्ने प्रयोजनका लागि दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर र गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । अन्तर स्थानीयतह सहकार्य र समन्वयमा दुवै पालिकाले प्राकृतिक श्रोतको संरक्षण र उपयोग, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा फौहोरमैला व्यवस्थापन, आपतकालीन सेवा व्यवस्थापन, राजश्व सङ्कलन लगायतका विषयमा काम गर्ने भएका छन् ।

सहलगानीमा ल्याण्डफिल साईट, अग्नी नियन्त्रण, सडक हरियाली, प्लाष्टिक नियन्त्रण, स्वास्थ्य, शिक्षा, रंगशाला, खेलकुद, पर्यटन, बोटानिकल गार्डेन, नदी नियन्त्रण, सिंचाई, खानेपानी निर्माणका लागि दुवै स्थानीय तहहरुले लागत साझेदारीमा कार्य गर्ने गरी सम्झौता भएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । दुवै गाउँपालिकाको बीचमा कृषि, पर्यटन, पूर्वाधार, सांस्कृतिक सम्पदा, प्रविधि, सीप र आर्थिक पक्षहरुमा सहयोग आदान–प्रदान गरिनेछ । सम्झौतामा गरिएका योजना तथा उद्देश्यहरुलाई हाँसिल गर्न दुवै पालिकाका पर्यटकीय स्थलको प्रचार–प्रसार गरिने बताइएको छ ।

ADVERTISEMENT

उत्पादित मौलिक कृषि उपजहरुलाई एक–आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनमा अपनाईएका नयाँ प्रविधि, ज्ञान, सीप आदान प्रदान गर्ने, प्रचलित सांस्कृतिक कार्यक्रमहरुको प्रवद्र्धन गर्न संस्कृति आदान–प्रदान कार्यक्रम सञ्चालन गरिने बताईएको छ । गौमुखी गाउँपालिकाले मदाने गाउँपालिकाको पर्यटकीय, धार्मिक, सांस्कृतिक एवं पूर्वाधारको क्षेत्रमा गौमुखीको सम्झना स्वरुप कुनै स्मारक पार्क, मन्दिर अथवा पर्यटकीय स्थलमा लगानी गर्ने गरी बजेट विनियोजन गर्ने र मदाने गाउँपालिकाले समेत गौमुखी गाउँपालिकाको पर्यटन, कृषि, पूर्वाधार क्षेत्रमा लगानी गरी स्मारक, पर्यटन, पूर्वाधार लगायत स्थापना गर्ने सम्झौता गरिएको छ ।

कृषि र पशुपालन क्षेत्रमा कृषकहरुलाई तालिम भ्रमण लगायतमा सहयोग आदान–प्रदान गर्ने, दुवै गाउँपलिकाले गाउँपलिकामा उद्धमशीलता विकासको गरी आयआर्जन गर्न संयुक्त उद्धमशिलताको विकास गरिने छ । मदाने गाउँपालिका र गौमुखी गाउँपालिकाको संगम स्थानमा रहेको ऐतिहासिक तथा धार्मिक एवम् पर्यटकीय क्षेत्र टोप्रे गुफा विकासको निम्ति दुवै गाउँपालिकाको साझा हितलाई प्रर्वद्धन गर्ने लक्ष्य सहित आवश्यक लगानी गरिने छ । पुर्कोट दह,अग्लुङ्ग, अग्लुङ्ग फेदी, गौमुखी सडक दुई गाउँपालिकालाई जोड्ने मेरुदण्ड भएको हुँदा दुवै गाउँपालिको संयुक्त लगानीमा सडकको स्तरोन्नति गरिनेछ ।

मदाने गाउँपालिका–१, अग्लुङ्ग र गौमुखी गाउँपालिकाको वडा नं–५, खुङ्गमा रहेको खानेपानी समस्या समाधानका निम्ति मदाने गाउँपालिका–१, अग्लुङ्ग र गौमुखी गाउँपालिका–५, खुङ्गमा रहेको पानीको मुहानलाई प्रयोग गरी दुवै गाउँपालिकाको सहलगानीमा उक्त योजनालाई अगाडि बढाईनेछ । पञ्चमीपोखरी, अग्लुङ्गफेदी गौमुखी सडक र ठुलावेसी, रघुवाफेदी, गौमुखी बाग्लुङ्ग सडक स्तरोन्नती तथा कालोपत्रे गर्नका लागि दुवै गाउँपालिकाले प्रदेश तथा संघीय मन्त्रालयहरुमा योजना माग गरिनेछ । दुई पालिकाबीच सम्झौता गरिएका योजनाहरुलाई कार्यन्वयन गर्न दुवै पालिकाले ७ जनाको संयुक्त समिति गठन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?