राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागू

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति पदका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुँदै छ ।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि गत शनिबार (१३ फागुन)मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

निर्वाचन आयोगका अनुसार मंगलबार अपरान्ह ४ देखि बेलुका ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । साथै, २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट ५ चैतसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,  राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,  सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लाग्नेछ ।

ADVERTISEMENT

निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *