काठमाडौं । एलन मस्क पुन: विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्।
सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर धनी सूचीमा पहिलो नम्बरमा रहँदै आएका थिए ।
सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ।
मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो । इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ।
मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्तिको उपाधि मात्र होइन उनले इतिहासमा धेरै घाटा खाने व्यक्तिको रेकर्ड पनि राखेका छन्। गत वर्षको अन्त्यमा मस्क २ सय बिलियन डलरको सम्पत्ति गुमाउने पहिलो व्यक्ति बनेका थिए।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts