काठमाडौं । दिया ताम्राकारको दिनचर्या फेरिएको छ । ताम्राकार समाजमा कार्यालय सहायक पदमा कार्यरत उहाँ समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार हुने गरेको सम्पदा सरसफाइमा लागिपर्नु हुन्छ । कार्यक्रम सफल बनाउन सरसफाइ सामग्रीदेखि सहभागीका लागि खाजासमेत व्यवस्थापन गर्नुहुन्छ ।
समाजले महिनामा एक दिन उपत्यकाका विभिन्न सम्पदा तथा धार्मिकस्थल सरसफाइ कार्यक्रमअन्तर्गत मंसिरमा पाटनको मच्छिन्द्रबहाल परिसर, पुसमा मीननाथ बहाल परिसर, माघमा महालक्ष्मीस्थान परिसर तथा फागुनमा लगनखेलस्थित बटुक भैरवनाथस्थल तथा अशोक स्तुपा परिसर सरसफाइ गरिसकेको जनाएको छ ।
प्रत्येक सरसफाइमा समाजका ५० देखि ६० जना सदस्यको सहभागिता रहने गरेको समाजका अध्यक्ष विनोद ताम्राकारले बताउनुभयो । समाजले नियमितरूपमा गर्दै आएको कार्यभन्दा अलि भिन्न शैलीको कार्यक्रम सुरु गरेको समाजका महासचिव दिपेश ताम्राकारले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts