काठमाडौं । रोजगारीका लागि जापान जाने युवालाई निःशुल्क परामर्श सेवा प्रदान गर्दै आएको प्लेन्टीले काठमाडौंमा पनि शाखा विस्तार गरेको छ । जापानमा रोजगारसम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टीले शंखमूलमा शाखा स्थापना गरेको हो ।
शनिबार एक कार्यक्रमका बीच प्लेन्टी कम्पनी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत रयोता अवाले शाखा उद्घाटन गर्नुभयो । पछिल्लो समय नेपालबाट कामको खोजीमा जापान जाने संख्या बढ्दोक्रममा देखिएपछि प्लेन्टी शाखाको स्थापना गरिएको नेपाल शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताउनुभयो ।
भट्टका अनुसार करिब एक लाख २० हजार नेपाली जापानमा छन् । आवश्यक परामर्श अभावमा रोजगारीको बाहनामा ठगीमा पर्ने गरेकाले प्लेन्टीमार्फत् जापानमा रोजगारीसम्बन्धी आवश्यक परामर्श काठमाडौंमा निःशुल्क उपलब्ध गराइनेछ ।






