सुरेश धामी
बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ६ का २४ वर्षीया कृष्ण पुजाराको विद्युतको तारबाट खोलामा माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
आज आइतबार नजिकै रहेको खोरीखोलामा घरबाट विद्युतको तार हुकिङ गरी माछा मार्ने क्रममा पुजारालाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता रमेश अवस्थिले जानकारी दिनुभयो ।
विद्युतीय शक्ति करेन्ट लगाएर माछा मार्न खोन्दा यस अघिपनि जिल्ला भित्र धेरैले ज्यान गुमाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच