पर्यटक सुरक्षाका लागि मोबाइल एप

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाले यहाँ आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको यहाँका पर्यटन मन्त्रीले जानकारी दिनुभएको हो । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उहाँले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि जानकारी दनुभयो ।

ADVERTISEMENT

पछिल्लो समयमा श्रीलंकामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको भन्ने सूचनाका कारण उनीहरूको सुरक्षा कै लागि यो एप बनाइएको पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ । पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउना साथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ । सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ । रासस/सिन्ह्वा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज