राष्ट्रपतिमा सहयोग गर्न एमालेको प्रस्ताव एकीकृत समाजवादीले गर्यो अस्विकार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसकिने जवाफ दिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा सहयोगको माग गर्दै पत्र पठाएपछि एकीकृत समाजवादीले अवस्था धेरै अगाडि बढिसकेकाले सहयोग गर्न नसकिने तर, भावी दिनमा सहकार्य भने गर्न सकिने जवाफ दिएको छ ।

ADVERTISEMENT

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभएको छ, ‘पत्रले औपचारिकरूपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै लेखेको पत्रमा राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न भनिएको छ । फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचनमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?