एभरेष्टको सहयोगमा सोलार बस स्ट्याण्ड

Read Time = 2 mins

ललितपुर । ललितपुर महानगरपालिका-३ को टौखेलमा एभरेष्ट बैंकले सोलार बस स्ट्याण्ड निर्माण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बस स्ट्याण्ड निर्माण गरेको हो । वडासँगको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्ट्याण्डको ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष सानुराज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमारका साथै बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकका टौखेल शाखाका शाखा प्रबन्धक प्रितम कर्माचार्यलगायतको उपस्थिति थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले नवनिर्मित सोलार बस स्ट्याण्डले ललितपुर महानगरपालिका–३ टौखेलका स्थानीय बासिन्दालाई थप सहज हुनुका साथै टौखेल क्षेत्रलाई स्मार्ट सिटीका रूपमा विकास गर्न पनि सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?