टर्की र सिरियामा गएको भूकम्पमा ५० हजारभन्दा बढीको मृत्यु

Read Time = 1 min

इसतानबुल । यस महिना टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

ADVERTISEMENT

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा त्यसमा ठूलो दरार परेको छ । जसमा पाँच लाख २० हजारभन्दा बढी घर थिए । फेब्रुवरी ६ मा टर्की र सिरियामा दुईवटा शक्तिशाली भूकम्प गएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज