रुसलाई परास्त गर्ने युक्रेनी राष्ट्रपतिकाे प्रतिबद्धता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको हो ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन् भने पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य क्षेत्रलगायत आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका बेला उत्साहित युक्रेनी राष्ट्रपतिले रुसलाई परास्त गर्ने प्रण गर्नुभएको हो ।

ADVERTISEMENT

सात वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?