काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिनेबारे एमालेले आजको छलफलमा निर्णय गर्नेछ ।
बैठक बिहान ९ बजेका लागि पार्टी कार्यालयमा बोलाइएको हो । राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकाले उम्मेदवारी दिने या नदिने तथा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ ।
त्यसैले शनिबारको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय लिने बताइएको छ ।
शुक्रबार साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो। यो सहमतिसँगै पुस १० मा निर्माण भएको एमाले र माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन भत्किएको छ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ। आजै उम्मेदवारहरुको सूची प्रकाशित हुनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच