यस्तो छ तपाईंको फागुन १३ गते शनिबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ फागुन १३ गते शनिबार, ई.सं २५ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन शुक्लपक्ष षष्ठी, नक्षत्र- अश्विनी, ८ः११ बजे उप्रान्त भरणी, योग- ब्रह्म, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः३५, सूर्यास्तः १८ः०१ ।

मेष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

ADVERTISEMENT

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *