हिमालयन र सिभिलको एकीकृत कारोबार

Read Time = 2 mins

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । सिभिल प्राप्तिसँगै हिमालयन नेपालको बैंकिङ क्षेत्रको सातौँ ठूलो बैंक बनेकोे छ । हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ सेयर आदानप्रदान अनुपातमा प्राप्ति गरेको हो । प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट कारोबार हुनेछ ।

मर्जरसँगै हिमालयन बैंकको अधिकृत पुँजी २६ अर्ब, कुल सम्पत्ति तीन खर्ब ३४ अर्बसहित बैंक सातौँ ठूलो बैंक बनेको हो । बैंकको चुक्ता तथा जारी पुँजी २१ अर्ब ६५ करोड, कुल पुँजी ३४ अर्ब, कुुल निक्षेप दुुई खर्ब ७४ अर्ब र कुल कर्जा दुई खर्ब ५० अर्ब पुगेको छ । एकीकृत कारोबारको घोषणा गर्दै प्राप्तिले बैंकलाई थप उत्कृष्टतासाथ समृद्धिको बाटोमा सँगै बढ्ने हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले बताउनुभएको छ ।

ADVERTISEMENT

अन्य बैंक मर्जरमा जाँदा हिमालयन र सिभिल बैंकका सञ्चालकले मर्जरमा जाने सहमतिपछि प्राप्तिको काम अघि बढेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले बताउनुभएको छ । सिभिल बैंकका अध्यक्ष प्रदिपजंग पाण्डेले दुई बैंकबीचको एकता आगामी दिनमा थप सबल र सक्षम बनाउने बताउनुभयो । नेपालभर बैंकका १८९ शाखा, २० विस्तारित काउण्टर र २६३ भन्दा बढी एटिएम रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज