काठमाडौं । कुमारी बैंक र भारतस्थित मेदान्त अस्पतालबीच सम्झौता भएको छ । सम्झौतासँगै कुमारी बैंकका कार्डवाहक खातावालले अस्पतालका सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
नेपालमा अन्य बैंकभन्दा कुमारी बैंकले अस्पतालमा बढी छुट पाउने गरी सम्झौता भएको बताइएको छ । अन्य बैंकले पाँच प्रतिशतमात्रै छुट पाउने गरेका छन् । बैंकले भारतका अन्य अस्पतालसँग पनि छुटका लागि पहल गरिरहेको जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता