काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौता कार्यान्वयन गर्नका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार महासंघअन्तर्गतका संघका सदस्यले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम ढुवानी गर्न अनिवार्य पर्फमेन्स बोण्ड लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्णरूपमा पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts