काठमाडौं । आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पेले गर्नेछ ।
नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरणका साथै सबै करदाता ग्राहकलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।
भुक्तानी संयन्त्रका रूपमा सहभागिता जनाएको आइएमई पेले सो कार्यक्रममा ब्राण्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने समस्याका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता