‘मैँ राजा तिमी रानी’ मा हिमाल सागर र मिस पवीको रोमान्स (भिडियोसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । गायक हिमाल सागरले ए होर मायाको सफलतासँगै मैँ राजा तिमी रानीको भिडियो रिलिज गरेका छन् । हिमाल र अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको छ ।

पुष्कर खत्रीको मिक्स र मास्टरिगं रहेको गीतको भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको मैँ राजा तिमी रानीको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

उत्सब दाहालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्  भने कलरिगं विकाश दाहालले गरेका हुन् । शम्सेर श्रेष्ठको निर्माणमा तयार भएको भिडियो साईराम पिम्चर्स युट्युबबाट बजारमा आएको हो ।

ADVERTISEMENT

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज