जेडिएस छात्रवृत्तिबाट सय कर्मचारी स्नातकोत्तर

Read Time = 2 mins

काठमाडौं । जापान सरकारको सहयोगमा सञ्चालित जेडिएस छात्रवृत्ति कार्यक्रमअन्तर्गत सामाजिक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा मुख्य सचिव शंकरदास वैरागी, नेपालस्थित जापानका राजदूत किकुता युताका, विभिन्न मन्त्रालयका सचिव, सहसचिवलगायतका अधिकारी, जाइका नेपालका मुख्य प्रतिनिधि ओकुबो आकिमिचु, जापानको हिरोसिमा विश्वविद्यालय, वासेदा विश्वविद्यालय, इन्टरनेसनल युनिभर्सिटी अफ जापान, साइतामा विश्वविद्यालय, मेइजी विश्वविद्यालय, यामागुची विश्वविद्यालय, रिचुमेइखान विश्वविद्यालय र क्युसु विश्वविद्यालयका प्राध्यापक तथा उक्त विश्वविद्यालयमा छात्रवृत्तिमा दुईवर्षे स्नातकोत्तर अध्ययन गरी फर्किएका नेपाल सरकारका विभिन्न निकायमा कार्यरत करिब सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

उक्त छात्रवृत्ति कार्यक्रम नेपालमा सन् २०१६ देखि सुरु भएकोमा पहिलो आयोजनामा चार वर्षमा प्रत्येक वर्ष २० जनाका दरले स्नातकोत्तर तहमा मात्र छात्रवृत्ति उपलब्ध गराइएको थियो भने दोस्रो आयोजनामा प्रत्येक वर्ष २० जना स्नातकोत्तरसँंगै दुईजनाका दरले विद्यावारिधिको समेत छात्रवृत्ति उपलब्ध गराइएको छ । हालसम्म सयजना निजामति कर्मचारी स्नातकोत्तर पूरा गरी नेपालमा फर्किसकेका छन् भने हाल जापानमा ४० जना स्नातकोत्तर तहमा अध्ययनरत तथा तीनजना विद्यावारिधि गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?