अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रासस
रासस
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई जन्मदिनको बधाई दिन बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ ।

ADVERTISEMENT

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिनुभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *