आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिन सकिनेछ ।

शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्‌को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सात वटै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् । राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्‌का तीन जना सांसद बाहेकको नाम छ।

ADVERTISEMENT

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन्।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका तीन सदस्यको नाम नामावलीमा छैन । आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय आज मध्याह्न १२ बजेसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *