एनआइसी लघुवित्तद्वारा फिल्ड कर्मचारी तालिम

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले फिल्ड व्यवस्थापन तालिम सञ्चालन गरेको छ । प्रदेश नं. १ सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातै प्रदेशका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत् सेवा प्रवाह गर्दै आएको छ ।

संस्थाको लुम्बिनी प्रदेश (क) कार्यालयले सोही प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीका लागि प्रभावकारी फिल्ड व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको हो । उक्त कार्यालयले चरणबद्धरूपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोकमा तालिम सञ्चालन गरेको छ ।

ADVERTISEMENT

सम्पूर्ण कर्मचारीलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आएको वित्तीय तथा गैरवित्तीय कार्यक्रम, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यलाई उनीहरूको वित्तीय कारोबार गर्न सक्ने क्षमता तथा व्यवसायको विश्लेषण गरी सोहीअनुरूपको कर्जा प्रवाह गरी कसरी आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउनेबारेमा तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमरनाथ सेढार्इंले बताउनुभयो । उपप्रादेशिक कार्यालयका प्रमुख लवसुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गर्नुभएको तालिममा प्रदेश कार्यालयअन्तर्गतका एक सय तीनजना फिल्ड कर्मचारीको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज