ट्रक व्यवसायीद्वारा यातायात मन्त्रीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मालबाहक यातायात क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी ध्यानाकर्षण गराएको हो । प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई बधाई दिँदै मालबाहक यातायात क्षेत्रले भोग्दै आएका समस्या र समाधानका लागि आग्रह गरेको महासंघका महासचिव राजेन्द्रबिक्रम बानियाँले बताउनुभएको छ ।

खासगरी भारतीय मालबाहक सवारीको निर्वाध नेपाल प्रवेश, भारतीय गाडीको ओभर लोड नियन्त्रण, ओभर लोडका कारण नेपालका सडकमा भएको क्षति, जसबाट स्वदेशी ट्रक व्यवसायी परायन हुनुपर्ने अवस्था, बीमाका लागि कानुनी जटिलता, काठमाडौंमा ट्रक पार्किङलगायत समस्याबारे ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले सबै समस्या एकीकृतरूपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा उपाध्यक्ष विष्णुप्रसाद न्यौपाने, महासचिव बानियाँ, ध्रुव अर्याल, मधेश संयोजक अर्जुनबहादुर सापकोटा, बागमती प्रदेश केन्द्रीय सदस्य रोहित श्रेष्ठ, सरोजकुमार खनाल, बद्रीप्रसाद चौलागाईं र कार्यालय सचिव रामचन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज