दक्षिण कोरियाको प्रजनन् दर घट्दो

Read Time = 2 mins

सोल । दक्षिण कोरियाको प्रजनन् दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन् दर हृवात्तै घटेको कोरियाली तथ्यांक कार्यालयले जनाएको छ । सन् २०२१ मा कुल प्रजनन् दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गतवर्ष कुल प्रजनन् दर शून्य दशमलव सात-आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो ।

यो प्रजनन् दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन् दर एक प्रतिशतभन्दा कम छ । बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तानोत्पादनमा अरुची तथा ढिलो विवाह गर्नाले प्रजनन् दर घटेको उक्त कार्यालयले बताएको छ ।

ADVERTISEMENT

कोरियाली तथ्यांक कार्यालयका अनुसार गत वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिएभने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज