राष्ट्रपति भण्डारी बागलुङमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आउनुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभएकाे थियाे ।

ADVERTISEMENT

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *