प्रधानमन्त्री प्रचण्ड विकाससम्बन्धी सम्मेलनमा भाग लिन कतार जाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने हुनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड दोहाबाट आफ्नो पहिलो विदेश भ्रमण गर्न लाग्नुभएको हो । उहाँ फागुन २० गते दोहा जाने कार्यक्रम तय भएको बताइएको छ ।

ADVERTISEMENT

दोहामा हुने विकाससम्बन्धी सम्मेलनमा प्रधानमन्त्री ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ । अल्पविकसित राष्ट्रहरूको सम्मेलन मार्च ५ देखि ९ तारिख (फागुन २१ देखि २५ गते) सम्म आयोजना हुँदैछ ।

सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ । प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्किने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *