९ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका ९ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका ९ जना प्रहरी कर्मचारीलाई हाजिर हुन आग्रह गरेको हो ।

ADVERTISEMENT

कात्तिकदेखि बिना जानकारी हाजिर नभएका एकजना सहायक प्रहरी हबल्दारसहित ९ प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *